७ मंसिर २०८१, शुक्रबार

मोदीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन् : सापकोटा


agniprashad

२४ वैशाख, काठमाण्डौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल बनाउने स्पष्ट पारेका छन् । उनले भने,‘मोदीजीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन्, हामी सफल बनाउँछौं ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले मोदीको भ्रमण सफल बनाउन सरकार पूर्ण रुपमा लागिपर्ने बताएका हुन् । उनले भने,‘विगतमा नेपालका प्रधानमन्त्रीहरु दिल्ली जाने परम्परा थियो, तर भारतका प्रधानमन्त्रीहरु अहिले नेपाल आउन थाल्नुभएको छ, अहिले भ्रमणहरु दोहोरो हुन थालेका छन्, यो सुखद् पक्ष हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय सम्वादहरु उच्च तहमा पनि सुरु भएको जनाए । उनले भने,‘अहिले त दुई देशबीच राजनीतिक तहमा नै सम्वादहरु हुन थालेका छन्, यो राम्रो पक्ष हो।’

मुलुकको आन्तरिक नीतिको विस्तारित रुप नै कुटनीति भएकोले सबै दलहरु एक ठाउँमा उभिनुपर्ने नेता सापकोटाको भनाई थियो । उनले थपे,‘समानताका आधारमा हामीले आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने हो, आफ्नो स्वाभिमानलाई सँधै उँचो राख्दै अघि बढ्नुपर्छ, तर विदेश नीतिमा सबै दलहरुवीच एकता हुनुपर्छ ।’

जनकपुरबाट सुरु हुने मोदीको नेपाल भ्रमण ताका बिहंगम छलफल हुने उनको विश्वास थियो । उनले भने,‘उहाँको भ्रमण ताका नेपाल–भारत द्धिपक्षीय सम्बन्धका बारेमा बिहंगम छलफल हुन्छ, उहाँको भ्रमणबाट नेपालले आफ्नो हितमा फाईदा लिनुपर्छ, सरकारले त्यतातिर ध्यान दिएको छ।’

त्यस्तै उनले नेपाल विश्वकै दुई ठूला उदयीमान अर्थतन्त्र भएका देश भारत र चीनको बीचमा रहेकोले आगामी दिनमा त्रि–देशीय साझेदारी पनि अघि बढ्ने विश्वास दिलाए । उनले थपे,‘नेपाल सँधै गरिब नै रह्यो भने भारत र चीनको वैभवमापनि असर पर्छ, उहाँहरुले पनि अहिले नेपाललाई खुल्ला हृदयले सहयोग गर्नेगरि हात बढाउनुभएको छ, दुवै देशबाट मुलुकको हित हुनेगरि हामीले फाईदा लिनुपर्छ, यसकोलागि हामी सबै एकतावद्ध हुन जरुरी छ ।’

मोदीको भ्रमण बहुआयामिक रुपमा पनि महत्वपूर्ण रहेको उनको तर्क थियो । उनले पूनः दोहोर्याएर भने,‘उहाँको भ्रमण सफल बनाउनको लागि सिँगो नेपाली जनता लागिपर्छन्, किनकी पाहुना भनेको त देवातासरी हुन्छ, हामी कुनै आग्रह वा पूर्वाग्रह नराखी उहाँलाई स्वागत गर्छौं, किनकी नेपालीहरुले महानता प्रर्दशन गर्नसक्छन् ।’

मोदीको भ्रमण सफल बनाउनको लागि नेपालले कुटनीतिक कौशलता प्रर्दशन गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘हामी सबैले को सत्तापक्ष को प्रतिपक्ष नभनी खुल्ला, सिधा र स्पष्ट रुपमा कुरा राख्नुपर्छ, कांग्रेसपनि अब प्रतिपक्षी भनेर बस्नुहुँदैन, परराष्ट्र नीतिमा हामी सबैको एकरुपता हुनुपर्छ, हामी अहिले नयाँ युगमा प्रवेश गरेका छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !