८ मंसिर २०८१, शनिबार

परराष्ट्र मन्त्रालयले भन्यो- प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको छैन


परराष्ट मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द नभएको स्पष्टीकरण दिएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको भ्रमणको एउटा लेभलमा वर्कआउट भएको जानकारी दिंदै उपयुक्त समयमा हुने स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको खबर सार्वजनिक भइरहेका बेला परराष्ट्र मन्त्रालयले अनुकूल समयमा भ्रमण हुने जनाएको हो । प्रभावकारी तयारी गरेर मात्र स्टेट पाटर्नसीप प्रोग्राम (एसपीपी) रद्द भएको जवाफ अमेरिकालाई पठाउने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !