१४ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली र फ्रान्सेली राजदूतबीच भेटवार्ता


एमाले अध्यक्ष ओली र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर फ्रान्सेली राजदूत बौरबाओले अध्यक्ष ओलीसँग आज दिउसो भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको ओलीनिकट स्रोत बताएको छ । उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा पनि छलफल भएको बताइएको छ ।

यस्तै उक्त भेटमा दुई देशको आर्थिक-व्यापारिक सम्बन्ध विस्तारसहित अन्य राजनीतिक विषयमा पनि कुरा भएको बताइएको छ । नेपालको आर्थिक र सामाजिक विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको राजदूतले बताएका छन् ।

उनले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्नुपर्ने बताएका छन् । भेटका क्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र इजरायलका लागि पूर्व नेपाली राजदूत अञ्जान शाक्य पनि सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !