६ जेष्ठ २०८१, आइतबार

महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक : अध्यक्ष लोहनी


prakash chandra

२२ वैशाख, काठमाण्डौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला विभागको नयाँ कार्यसमितिलाई आज स्वागत गर्दै डा. लोहनीले महिलाको नीति निर्माण तहमा प्रतिनिधित्व क्रमिक रुपमा बढ्दै गए पनि वित्तीय क्षेत्रमा पहुँच पुग्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

विभागको शुक्रबार सम्पन्न भेलाले प्रा. डा. सुष्मा आचार्यको अध्यक्षतामा ५१ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ । उक्त समितिका उपाध्यक्षमा कौशल्या थापा, रेशमा दास, चन्दा पाण्डे, सुशीला विष्ट र योगमाया तिमल्सेना, सचिवमा पदमा ताम्राकार, मीना केसी र शर्मिला नेपाली तथा कोषाध्यक्षमा सविना श्रेष्ठ एवं सल्लाहकारमा मृदुला लोहनी रहेको पार्टी केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !