७ असार २०८१, शुक्रबार

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सुरु


बुढीगंगा नगरपालिका

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको मतगणना सुरु भएको छ ।हिजो बिहीबार सम्पन्न भएको निर्वाचनको मतगणना आजबाट सुरु भएको हो ।

अहिले वडा नम्बर १ र १० को मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा  २/२ वडाको मतगणना गर्ने  गरि सहमति भएको थियो ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत बैशाख ३० गते भएको यश अघिको निर्वाचनमा धाँधली भएको भन्दै स्थगित गरिएको निर्वाचन हिजो सम्पन्न भएको थियो ।

उक्त नगरपालिकाको मेयर पदमा एमालेको तर्फबाट रामबहादुर बानियाँ र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रंगबहादुर खाती चुनावी मैदानमा उत्रिएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !