६ बैशाख २०८१, बिहिबार

पोलिटव्युरोमा प्रचण्डकै परिवारका समेटिए, यी हुन् प्रस्तावित सदस्यहरु


प्रचण्ड माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२५ सदस्यीय पोलिटव्युरो प्रस्ताव गरेका छन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आज बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तावित १२५ सदस्यको नाम पढेर सुनाएका थिए ।

केन्द्रीय समितिमा रहेका ३७७ जना मध्येबाट एक तिहाइ १२५ जनालाई पोलिटब्युरोमा समेटेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकलाई जानकारी गराए । प्रचण्डले केन्द्रीय समितिमा बाचन गरेको नाममा केही नेताहरु छुटेपछि उनीहरुलाई पनि समेटिएको बताएका थिए ।

प्रचण्डले प्रस्ताव गरेको सूचीमा उनका छोरी रेनु दाहाल, बुहारी बिना मगर र भाइ नारायण दाहालसमेत परेका छन् । यसअघि पनि परिवारका सदस्यहरुलाई केन्द्रीय सदस्य बनाएको भन्दै नेता कार्यकर्ताहरुले प्रचण्डको विरोध गरेका थिए ।

अहिले प्रचण्डले प्रस्ताव गरेको पोलिटव्युरो सदस्यको सूचीमा समेत अन्तर्विरोध भएको छ । प्रचण्डले सुनाएको पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि माओवादीको बैठक १ घण्टाका लागि स्थगित गरिएको छ ।

बैठक एक घण्टाका लागि स्थगित गरेर शिर्ष नेताहरु छलफलमा जुटेका छन् । पोलिट्ब्युरो सदस्यको नामको मापदण्ड नपुगेको, केही नेताहरु छुटेको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि बैठक स्थगित गरिएको हो ।

तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् । यद्यपि प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए ।

यी हुन् प्रचण्डले प्रस्ताव गरेका पोलिटव्युरो सदस्यहरू :

पुष्पकमल दाहाल प्रचण्ड , नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरराजमणी पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणी खनाल, पम्फा भुषाल, मातृका यादव, जयपुरी मगर, लिलामणी पोखरेल, दिनानाथ शर्माल,हितराज पाण्ड, उर्मिला अर्याल, सुरेन्द्र कार्की, नारायण दाहाल, सन्तु राई, गणेशमान पुन, हितबहादुर तामाङ, कालीबहादुर मल्ल, कमला रोक्का, झक्कु सुवेदी, हरि अधिकारी, सुरेश राई, शशी श्रेष्ठ प्रह्लाद बुढाथोकी,रेखा शर्मा, जोखबहादुर महरा, खगराज भट्ट, टेक बस्नेत, महेश्वर गहतराज, अञ्जना विशंखे, राजु खड्का,कृष्णध्वज खड्का, शिवकुमार मण्डल, रामकुमार यादव, मायाप्रसाद शर्मा, सुरेश आले, अमृता थापा, सूर्य सुवेदी,महेश्वर दाहाल, दिलिप प्रजातपति, इन्द्र आङ्बो, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, जगत यादव, रामेश्वर राय ,परशुराम तामाङ,देवेन्द्र पौडेल, गणेश शाह सुनिल मानन्धर, देवेन्द्र पराजुली, कल्पना धमला, सिता पोखरेल, अजम्बर काङ्बाङ्, पदम राई ,बलावती शर्मा, प्रकाशहरी पोखरेल, दिपेन्द्र पुन, सत्य पहाडी, अच्युतम काफ्ले, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, रेणु दाहाल, देवराज रेग्मी,केशव नेपाल, बिना मगर, रमेश मल्ल, युवराज चौलागाई, युवारज दुलाल, हेमराज पोखरेल, निर्मल आचरार्य, रामप्रसाद सापकोटा, माधव सापकोटा, अजयसंकर नायक, अमर तमु , सुशीला सिम्खडा, किसन शर्मा, बालकृष्ण गैरै, कुमारी मोक्तान, रूपा चौधरी, रामकुमार शर्मा, धर्मशीला चापागाईँ, ओम शर्मा, रामदीप आचार्य, वसन्त घर्ती ,राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, रेणु चन्द, खिमलाल देवकोटा,दामा शर्मा,हकिकुल्ला खाँ, पूर्णा सुवेदी, कमला रोका ,यशोदा सुवेदी, अमृता थापा, सावित्री काफ्ले, विश्वनाथ साह, परशुराम रम्तेल, दलजित श्रीपाइली, कालीबहादुर मल्ल, सिता पोखरेल ,महेन्द्र पासवान, महेन्द साही, गंगा कार्की, भरत साह, रामकुमार यादव, गोपाल शर्मा, मुक्ति प्रधान, महेश्वर दाहाल, लक्ष्मण पन्त, प्रकाशहरी पोखरेल, घनश्याम यादव, बोधमाया यादव ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !