५ जेष्ठ २०८१, शनिबार

संसदको रोष्ट्रममा उभिएर ओलीले भने- इनफ इज इनफ !


आजको प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब अति भएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार सञ्चालनका क्रममा मुलुकमा अति भएको बताएका हुन् ।

आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी कांग्रेसका एक सांसदले भनेको कुरा स्मरण गर्दै अध्यक्ष ओलीले अहिले चाहिँ अति भएको बताएका हुन् । ‘इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्न उभिनुपर्‍यो । अब चाहिँ अति नै भयो,’ उनले भने ।

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् । उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए । उनले सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध गरेका हुन् ।

सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको ओलीको आरोप थियो । एसपीपी, अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर ओलीले संसद्मा आपत्ति जनाएका छन् । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !