७ मंसिर २०८१, शुक्रबार

पुनः मतदान गर्ने निर्णयमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो । निर्वाचन आयोगले बूढीगङ्गामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध उक्त नगरपालिकाका दलबहादुर सावदले रिट निवेदन दायर गर्दै पहिला भएको मतदानको मतगणना गर्नुपर्ने माग गर्नुभएको थियो । अदालतको आदेशसँगै असार २३ गते उक्त नगरपालिकामा निर्वाचन गर्न बाटो खुलेको छ ।

निर्वाचन आयोगले उक्त नगरपालिकामा गत ३० वैशाखको मतदान रद्द गरी यही २३ असारमा पुनः मतदानको निर्णय गरेको थियो । रिट निवेदनमा यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !