१४ बैशाख २०८१, शुक्रबार

एमालेको अवरोधपछि स्थगित बागमती प्रदेशसभाको बैठक आज बस्दै


बाग्मती प्रदेशसभा

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारसम्मका लागि बैठक स्थगित गरेका थिए ।

आगामी आवका लागि प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेट संशोधनको मागसहित एमालेले बैठक अवरुद्ध गरेको थियो ।

सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधनको माग गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !