१४ आश्विन २०८१, सोमबार

माधव नेपालको ठोकुवा : एमालेको पतन निश्चित छ


माधव नेपाल फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पतन निश्चित भएको ठोकुवा गरेका छन् ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा ओरालो यात्रामा लागेको एमाले सङ्घीय निर्वाचनमा पनि कायम रहने दाबी गर्दै पतन निश्चिन रहेको दावी गरेका हुन् ।

नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको जिकिर गरेका हुन् । उनले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको दाबी गर्दै गठबन्धन कम्तिमा संघीय निर्वाचनसम्म कायम रहने बताए ।

उनले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताए ।

यो पनि पढ्नुहोस्

आगामी निर्वाचनसम्म गठबन्धनको आवश्यकता छ : अध्यक्ष नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !