१४ बैशाख २०८१, शुक्रबार

विराटनगर महानगरको नीति : पूर्वाधार विकास र स्वास्थ्य सुधार


विराटनगर महानगरपालिका

मोरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगरको लक्ष्य प्राप्ति गर्ने उल्लेख गरिएको छ ।

नीति कार्यक्रमका अनुसार शहरी पूर्वाधारको विकास र विस्तार, शिक्षा स्वास्थ्य तथा पोषणको विकास गरी नगरवासीको जीवनमा गुणात्मक सुधार गर्नु, लैङ्गिक तथा सामाजिक समावेशीकरणको विकास गर्नु, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु, कृषि, पशु, सहकारी, रोजगारी र पर्यटनको विकास गरी आर्थिक वृद्धि गर्न सहयोग पु¥याउनु महानगरेको लक्ष्य रहेको छ ।

यस्तै पिछडिएको वर्ग तथा समुदायको लागि सामाजिक न्याय सहितको आर्थिक विकास गर्ने, वन तथा वातावरण संरक्षण गर्ने, विपद् व्यवस्थापनलाई सक्षम तुल्याउने र विभिन्न समुदायको भाषा, कला, साहित्य तथा संस्कृकिलाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।

महानगरपालिकाकाले नीति तथा कार्यक्रम तथा बजेट तर्जुमाका मुख्य प्राथमिकताका साथ तोकिएका क्षेत्रमध्ये शहरी पूर्वाधारको विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य र पोषण, अधुरा आयोजनाहरूको कार्यान्वयन, सडक, ढलको मर्मतसम्भार, फोहोरमैलाको दिगो व्यवस्थापन, विपद् व्यवस्थापन तथा डुबान नियन्त्रण, अव्यवस्थित बसोवास व्यवस्थापन तथा वस्ती विकास कार्यक्रम रहेका छन् ।

यस्तै अन्य कार्यक्रममा युवा तथा खेलकूद विकास, अपाङ्ता रोकथाम तथा पुनस्र्थापना, धार्मिक तथा सांस्कृतिक प्रवद्र्धनसहितको पर्यटन विकास, रोजगार, आय तथा उत्पादन वृद्धि र भवन निर्माण इजाजत अनलाईन सफटवेयर प्रणाली अवलम्वन गर्नु रहेको छ ।

कृषकलाई धान गहुँ, मकैको गुणस्तरीय बीउमा ५० प्रतिशत अनुदान, कौशी तरकारी खेती, शहरी कृषि करेसाबारी कार्यक्रम प्रवद्र्धन गर्ने महानगरले नीति लिएको छ । कृषि उपजको बजारीकरणलाई सहजीकरण र नियमन गरिने, खाद्यलगायत कृषि उत्पादनमा आत्मनिर्भरता लागि प्रविधियुक्त व्यावसायिक खेती प्रणाली र बेमौसमी तरकारी खेती उत्पादन वृद्धि प्रोत्साहन गर्ने महानगरले नीतिमा उल्लेख गरेको छ ।

सार्वजनिक–निजी साझेदारीमा महानगरपालिकाको पर्यटन गुरुयोजना कार्यान्वलयनमा ल्याउने भएको छ भने सामुदायिक पार्क निर्माणमा प्राथमिकता दिने उल्लेख गरिएको छ । पर्यटन उद्योग लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने, ऐतिहासिक र पुरातात्विक विराट राजाको दरबार रहेको वडा नं १८ स्थित भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रको विकास गर्ने नीति लिइएको छ । विराटनगरलाई विश्वभर चिनाउन र पर्यटन प्रवद्र्धन गर्न ल्याण्डमार्कको पहिचान गरी निर्माण गरिने महानगरले बताएको छ ।

नीति तथा कार्यक्रममा युवा उद्यमशीला विकासको लागि मागमा आधारित सीप विकास तालीम सञ्चालन गरिने, लघु, घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनमा सहजीकरण गर्न औद्योगिक ग्राम स्थापना गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमका साथै महानगरपालिको विकास निर्माणसमेतलाई स्थानीय रोजगारी सिर्जनासँग आवद्ध गरिने उल्लेख गरिएको छ ।

‘छोरी बचाऊ, छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता, गर्भवती तथा सुत्केरी महिला, अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई अस्पतालसम्म सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने महानगरले जनाएको छ । त्यस्तै महानगरपालिकाको उपयुक्त स्थानमा स्तनपान कक्षको निर्माण गरिने, प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई स्तरोत्रती गरी १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने नीति महानगरको छ । महानगरक्षेत्र भित्र मेट्रो सिटी अस्पताल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने र ६५ वर्ष माथिका ज्येष्ठ नागरिको स्वास्थ्य बिमा महानगरको नीति छ ।

त्यसैगरी ज्येष्ठ नागरिकका अनुभव ज्ञान, सीपलाई अन्तरपुस्तामा हस्तान्तरण गर्ने परिपाटीको सुरुआत गरिने, अलपत्र परेका ज्येष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग पुर्याउने खालका कार्यक्रम सञ्चाालन गरिने, हिंसा र दुव्र्यवहार विरुद्ध शून्य सहनशीलताको नीति लिने तथा ज्येष्ठ नागरिक दिवस, नागरिक प्स्तकालय, दिवासेवा केन्द्र, भ्रमणजस्ता कार्यक्रम सञ्चालन गरिने छ ।

प्राविधिक शिक्षामा लक्षित वर्गको पहुँच वृद्धि गरी प्रविधिमा आधारित गुणस्तरीय जीवन उपयोगी शिक्षामा जोड दिने तथा सबै बालवालिकालाई विद्यालयमा शतप्रतिशत भर्ना हुने व्यवस्था मिलाउने महानगरको बाचा छ । आदर्श माध्यमिक विद्यालयलिाई अपाङ्गमैत्री भौतिक पूर्वाधार तथा सिकाइ वातावरणको व्यवस्था मिलाइने, एक वडा एक नेतृत्व विद्यालय कार्यक्रम कार्यान्वयन गर्ने र महानगर बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि विशेष अनुदानको व्यवस्था गरिने महानगरेको नीतिमा उल्लेख छ ।

त्यसैगरी पूर्वाधार विकास क्षेत्र, वन वातावरण तथा सरसफाइ र सूचना तथा सञ्चार प्रविधिको विकासमा पनि महानगरले विशेष जोड दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !