७ बैशाख २०८१, शुक्रबार

संघीयताको सफल कार्यान्वयनका लागि निर्वाचनमा जुट्न अध्यक्ष ओलीको आग्रह


केपी शर्मा ओली g]skf -Pdfn]_sf cWoIf cf]nL ;~rf/sdL{;Fu df]/ª, @& h]7 M g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL z’qmaf/ lj/f6gu/ cfpFbf ljdfg:yndf ;~rf/sdL{;Fu d’n’ssf] ;d;fdlos ljifodf s’/fsfgL ub}{ . tl:a/ M dgf]h bfxfn÷/f;;

मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित बृहत कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए ।

उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औँल्याए । उनले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवादसमेत दिए ।

अध्यक्ष ओलीले नेकपा एमालेको आधार भनेको स्थानीयस्तरमा वसोवास गर्ने जनता नै भएको विचार राखे । संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन नभएको उनले जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !