७ मंसिर २०८१, शुक्रबार

योगेश भट्टराईको स्पष्टोक्ति : वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन


योगेश भट्टराई

दमक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरुबीच तत्काल एकता सम्भव नभएको बताएका छन् ।

दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अब हुने सङ्घीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरु मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार भइनसकेको स्पष्ट पारे । वामपन्थी विचार मिल्ने दलहरुबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !