१२ बैशाख २०८१, बुधबार

एकीकृत समाजवादीले टुंगो लगायो नयाँ मन्त्रीको नाम, को कुन मन्त्री बन्दैछन् ?


जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसी

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु हेरफेर गरेको छ । नेकपा (एस) ले पार्टीबाट सरकारमा रहेका ४ जना मन्त्री फिर्ता बोलाएको छ । आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

नेकपा (एस) बाट शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको हो ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ भने अव स्वास्थ्य मन्त्री बन्ने भएका छन् । पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ४ जना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर अव मन्त्री बनाउन ४ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको छ ।

सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !