६ जेष्ठ २०८१, आइतबार

प्रतिनिधिसभाको बैठक सुरु, बजेटमाथिको सैद्धान्तिक छलफल जारी


“बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण”

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको बैठक केही समयअघि सुरु भएको हो ।

संसदसचिवालयले सार्वजनिक गरेको दैनिक पहिलो कार्यसूचीमा आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने दोस्रो कार्यसूचीमा रहेको छ ।

अस्तिबाट सुरु भएको बजेटमाथि अन्तिम सैद्धान्तिक छलफल आज पनि जारी रहेको हो । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७ गते, १८ गते र १९ गतेको दिन तोकेका थिए ।

प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल एवं प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् । अर्थमन्त्री शर्माले संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको बजेटको भण्डाफोर गर्न रणनीति तय गरेअनुरुप एमालेका सांसदहरु हिजोदेखि संसदमा खरो भएर उत्रिएका छन् ।

यस्तो छ हेर्नुस् संसद बैठकको आजको दैनिक कार्यसूची

संसद बैठकको आजको दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !