काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले कात्तिक अन्तिम साता वा मंसिर पहिलो सातामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न छलफल भएको छ । गठबन्धनले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो सातामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नेगरी छलफल प्रारम्भ गरेको हो ।
गठबन्धनका दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल सुरु गरेका हुन् । सोमबार सत्ता गठबन्धन र हिजो मंगलबार भएको गठबन्धन संयन्त्रको बैठकमा कात्तिक अन्तिममा संघीय र प्रादेशिक चुनाव एकसाथ गर्ने कि प्रदेशको मात्र गर्ने भन्ने विषयमा छलफल भएको हो ।
यद्यपि कात्तिक अन्तिममा संघीय र प्रादेशिक चुनाव एकसाथ गर्ने कि प्रदेशको मात्र गर्ने भन्ने विषयमा छलफल भएपनि ठोस सहमति भईसकेको छैन । ती दुबै बैठकमा गठबन्धनलाई निरन्तरता दिने समझदारी भएको बुझिएको छ ।
ती नेताका अनुसार दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्ने छ । स्थानीय तह निर्वाचनको सवै अन्तिम परिणाम आइनसकेकोले आयोगले संघीय र प्रादेशिक चुनावका विषयमा सरकारलाई मिति अझसम्म प्रस्ताव पनि गरेको छैन ।
यसअघिको संघीय चुनाव २०७४ सालमा मंसिर ४ र मंसिर २१ गरी दुई चरणमा सम्पन्न भएको थियो । निर्वाचन मितिका आधारमा संघको चुनाव मंसिर ४ अघि नै गराउनुपर्ने हुन्छ । तर निर्वाचित सांसदहरुले फागुन २० गते मात्र शपथ ग्रहण लिएकोले सो दिनदेखि ५ वर्षको कार्यकाल गणना हुने भएकोले फागुनमा निर्वाचन गराउन पनि संवैधानिक समस्या नहुने पनि संविधानविद्हरुको तर्क रहेको छ ।