८ बैशाख २०८१, शनिबार

काठमाडौं महानगरका मेयर बालेन र उपमेयर सुनिताको शपथ आज


बालेन साह र सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोलको शपथ आज हुँदैछ । काठमाडौँका मेयर बालेन र उपमेयर सुनितासहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको आज सोमबार आज पद तथा गोपनियताको शपथग्रहण हुन लागेको हो ।

काठमाडौँ महानगरपालिका प्रशासन विभागका अनुसार बिहान ११ बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा नै हुनेछ ।

सोलगत्तै काठमाडौँ महानगरका प्रमुख साह र उपप्रमुख डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !