१३ बैशाख २०८१, बिहिबार

विप्लव समूहद्वारा अमेरिकालाई चेतावनी, नेपाल सरकारलाई प्रश्न


विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सरकारलाई नेपालको सार्वभौमिकता माथि ठाडो अतिक्रमण नगर्न चेतावनी दिएको छ ।

सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आज एक प्रेस वक्तव्य जारी गर्दै नेपाल भ्रमणको क्रममा नागरिक, लोकतन्त्र र तिब्बत मामिला संयोजक समेत रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको भ्रमण टोलीले यही जेठ ११ गते नेपालमा रहेका तिब्बती शरणार्थीको शिविरको भ्रमण गरेको विषयलाई गम्भिर रुपमा लिएको बताएका छन् ।

वक्तव्यमा भनिएको छ,‘दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदनशील रहेको तिब्बतीय शरणार्थी शिविरम भ्रमण गर्न जानु भनेको नेपालको राष्ट्रिय स्वाधीनता र कुटनीतिक मर्यादा बाहिरको कार्य हो ।’

विप्लवको पार्टीले प्रेस वक्तव्य मार्फत अमेरिकी उपविदेशमन्त्री जीयालाई तिब्बतीयन शरणार्थी शिविरमा कसले किन लगेको हो ? भन्दै नेपाल सरकारलाई प्रश्न समेत गरेको छ ।

यस्तो छ विप्लव समूहले निकालेको प्रेस विज्ञप्ति

विप्लव समूहले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !