४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु


राष्ट्रिय सभा बैठक /fli6«o;ef a}7s sf7df8f}F, !@ h]7M /fli6«o;efdf laxLaf/ a;]sf] a}7s . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘सम्माननीय राष्ट्रपतिले सम्वत् २०७९ जेठ १० गते मंगलबारका दिन संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम माथि सांसदहरु भैरवसुन्दर श्रेष्ठ, शेखर कुमार सिंह, भगवती न्यौपाने, डा.बिमला राई पौड्याल र बिमला घिमिरले विभिन्न १० बुँदाहरुमा संशोधनको सूचना दिएका छन् ।

छलफलमा भाग लिंदै नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्ती देवी राईले नीति तथा कार्यक्रम राम्रो भएपनि पेट्रोलियम पदार्थको विकल्पका रुपमा विद्युतको प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम जान नसकेको बताइन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद हरिराम चौधरीले सुदुरपश्चिममा मेडिकल कलेजको काम धेरै अघि बढेको भए पनि सञ्चालन गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नीति ल्याउन नसकेको बताए ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले राज्यको पुनर्संरचनाले पनि खर्च बढाएको हुनाले प्रदेशको संरचना हटाएर विकास बजेटमा खर्च गर्न सुझाव दिएका थिए ।

स्वतन्त्र सांसद खिमलाल देवकोटाले राष्ट्रिय गौरवका योजना र राष्ट्रिय गौरवका आयोजनाहरुलाई सरकारले ध्यान दिनुपर्ने र त्रिभुवन अन्तराष्ट्रिय विभानस्थल सानो हुनुका साथै एउटा मात्र धावन मार्ग भएकाले ठूलो अन्तर्राष्ट्रिय बिमानस्थल नेपालमा बनाउनुपर्ने सुझाव व्यक्त गरे ।

छलफलमा भाग लिंदै नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले जनता भावना बिपरीत सरकारको नीति र कार्यक्रम आएको बताउँदै वर्षा याममा मानव जीवन अस्तव्यत हुने विषयलाई सरकारले खासै ध्यान नदिएको बताइन् ।

छलफलमा भाग लिंदै सत्तारुढ दल नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले वर्तमान सरकार संविधानको रक्षा र निर्वाचन सम्पन्न गर्न आएको उल्लेख गर्दे नीति तथा कार्यक्रममा कषि, शिक्षा, स्वास्थ्य, विभेद रहित समाज, हिंसारहित समाज, सामाजिक न्याय र हिंसा रहित समाज निर्माण गर्ने विषयहरु उल्लेख भएको बताए ।

छलफलमा सांसदहरु भुनवबहादुर सुनार, मायाप्रसाद शर्मा, नन्दा चपाइँ, राधेश्याम पासवान, गोपिबहादुर सार्की(अछामी), इन्दु कँडरिया, अनिता देवकोटा, कमलादेवी पन्त, देबन्द्र दाहाल, सुरेश आलेमगर, डा.बेदुराम भुसाल, हरिराम चौधरी, मोहम्मद खालिद र गोमादेवी तिमल्सिनाले भाग लिंदै नीति तथा कार्यक्रम माथि आ-आफ्नो धारणा राखेका थिए । नीति तथा कार्यक्रम माथिको छलफल अर्को बैठमा पनि जारी रहने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !