४ जेष्ठ २०८१, शुक्रबार

संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १० गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले “सम्माननीय राष्ट्रपतिले २०७९ जेठ १० गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०७९/८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गरे ।

नेता ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको भन्दै राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको भनी सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !