१५ बैशाख २०८१, शनिबार

काठमाडौँ महानगरपालिका-८ मा कांग्रेसको प्यानलनै विजयी


नेपाली कांग्रेस रुख

काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान संगत अध्यक्षमा विजय भएका छन् । संगतले नेकपा (एमाले) का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानलनै निर्वाचित भएको हो ।

संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय भएका हुन् ।

हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ ।

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !