११ बैशाख २०८१, मंगलबार

संघीय संसदमा प्रिबजेट छलफल जारी


संसद बैठक

काठमाडौं । संघीय संसदमा आगामी जेठ १५ गते प्रस्तुत हुने नयाँ बजेटको सन्दर्भमा सुझाव लिनका लागि प्रिबजेट सम्बन्धी छलफल अहिले जारी रहेको छ । राष्ट्रियसभा तथा प्रतिनिधि सभाको जारी बैठकमा अहिले सांसदहरुले नयाँ बजेटको सिद्धान्त र प्राथमिकताका सन्दर्भमा आ-आफ्नो सुझाव दिइरहेका छन् ।

दुबै सदनको अघिल्लो बैठकमा नै अर्थमन्त्री जनार्दन शर्माले ‘आ.ब.२०७०/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

आगामी बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधि सभाको बुधबारको बैठकमा समेत छलफल भएको थियो भने राष्ट्रिय सभामा भने आजबाट छलफल शुरु भएको हो ।

सांसदहरुले नयाँ बजेटमा मुख्यगरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र व्यापार घाटा न्यूनीकरणलाई विशेष ध्यान दिन सरकारलाई सुझाव दिईरहेका छन् । छलफल सकिए पछि छलफलमा उठेका प्रश्न र जिज्ञासाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !