२२ भाद्र २०८१, शनिबार

काठमाडौँमा बालेनलाई १७ हजारभन्दा बढीको अग्रता, केशव र सिर्जनाले कटाए २५ हजार


बालेन साह, केशव स्थापित र सिर्जना सिंह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । अहिलेसम्म १ लाख २८ हजार ४८५ मतगणना भइसक्दा स्वतन्त्र उम्मेदवार साहले ४३ हजार ८५० मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै १७ हजार मत भन्दा बढीको अग्रता बढाएका हुन् ।

त्यसैगरी प्रमुख पदकै गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेपाली काँग्रेसकी सिर्जना सिंहले २५ हजार ९४४ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का केशव स्थापितले २५ हजार ५९ मत पाएर सिर्जनालाई पछ्याउँदै छन् । सिर्जना केशव भन्दा ८८५ मतको फरकले अगाडि छिन् ।

हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा जारी काठमाडौँ महानगरको मत गणनामा सिंह र स्थापितले २५ हजार मत कटाएका छन् । काठमाडौं महानगरमा कुल १ लाख ९० हजार ९८४ मत खसेकोमा अहिले काठमाडौँ वडा नम्बर-१२, १३, १४, २१, २२ र २३ मा मतगणना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !