
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले ५००३० मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै ५० हजार मत भन्दा बढी मत ल्याएका हुन् ।
त्यसैगरी प्रमुख पदकै गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७६७ मत ल्याएकी छन् भने नेकपा (एमाले) का केशव स्थापितले ३००१५ पाएर सिर्जनालाई पछ्याउँदै छन् । बालेन्द्रले सिर्जनालाई १९ हजार २६३ मतान्तर बनाएर अग्रता कायम गरेका छन्।
काठमाडौं महानगरमा कुल १ लाख ९० हजार ९८४ मत खसेको छ । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा कामपाको मत गणना कार्य भइरहेको छ ।