१२ बैशाख २०८१, बुधबार

स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी


नेपाली काँग्रेस

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी भएका छन् । उनले सात हजार ४९० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भए । उनले सात हजार ४१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याए । कूल १० वटा वडा रहेको चापाकोट नगरपालिकाका-३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन् ।

चापाकोट नगरपालिकामा २१ हजार ५४६ मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !