८ बैशाख २०८१, शनिबार

काठमाडौँमा बालेनले कटाए १५ हजार मत, केशवलाई पछ्याउँदै सिर्जना


बालेन साह, केशव स्थापित र सिर्जना सिंह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । ३९ हजार ५२० मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले १५४०२ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै १५ हजार मत भन्दा बढी मत ल्याएका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ८२८८ र नेपाली कांग्रेसका सिर्जना सिंहले ७२९० मत पाएर केशवलाई पछ्याउँदै छिन् ।

हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा कामपाको मत गणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को मतगणना जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !