१३ बैशाख २०८१, बिहिबार

काठमाडौँमा बालेनले ल्याए केशव र सिर्जनाको जोड्दा भन्दा १८३ बढी मत


बालेन साह, केशव स्थापित र सिर्जना सिंह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो भन्दा बढी दोब्बर मतसहित अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले १८२३७ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राखेका हुन् ।

यस्तै प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ९५१७ र नेपाली कांग्रेसका सिर्जना सिंहले ८५३७ मत पाएर केशवलाई पछ्याउँदै छिन् ।

काठमाडौँमा बालेनले केशव र सिर्जनाको जोड्दा भन्दा १८३ बढी मत ल्याएका छन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा कामपाको मत गणना कार्य भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !