राँझा । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ । गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले ८ हजार ३४० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपति मिश्रले ४ हजार ३७७ प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका नन्दलाल वैश्यले ३ हजार ३६१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धिन राईले छ हजार ७८८ मतका साथ अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी राप्रपाका बिन्दु धर्तीमगरले चार हजार ३६१ मत प्राप्त गरेका छन् ।
नेपालगञ्जमा अहिलेसम्म १, २, ३, ४, ५ १९, २०, २१, २२ र २३ वडाको मत गणना सकिएको छ । अहिले वडा नं ६, ७ र १८ को मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।