११ बैशाख २०८१, मंगलबार

काठमाडौं महानगरमा बालेन साहले लिए सुरुवाती अग्रता


केशव स्थापित, सिर्जना सिंह, वालेन शाह, समीक्षा बास्कोटा र मदनदास श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवाती अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार साहले सुरुवाती अग्रता लिएका हुन् ।

अपराह्न १२ बजेसम्म १०० मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । काठमाडौँ महानगरको वडा नं १ र ३२ बाट गणना जारी रहेको छ ।

शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकामा ३ लाख बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !