१४ पुस २०८१, आइतबार

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीले सबैलाई दिए धन्यवाद


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबै नेपाली नागरिकलाई धन्यवाद दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराएको प्रधानमन्त्री देउवाले धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिनु भएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !