३ असार २०८१, सोमबार

प्रचण्डलाई फेरि निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण


प्रचण्‍ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले फेरि ८ घण्टे स्पष्टीकरण सोधेको छ । यसअघि बैशाख २७ गते मंगलबार आयोगले प्रचण्डलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

अध्यक्ष प्रचण्डलाई आयोगले आज बिहीबार मौन अवधिमा छोरीको पक्षमा भोट मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो । अध्यक्ष प्रचण्डलाई आयोगले ८ घण्टाभित्र लिखित जवाफ दिन भनेको छ ।

प्रचण्डले आज बिहीबार बिहान ७:१५ बजे माडी नगरपालिकाको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुसहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेको उजुरी आयोगमा परेको हो । प्रचण्डलाई आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।

केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेनु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !