१३ बैशाख २०८१, बिहिबार

गठबन्धनको आज धनगढीमा चुनावी सभा, देउवा र प्रचण्डले सम्बोधन गर्ने


शेरबहादुर देउवा र प्रचण्ड फाइल फोटो

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आज धनगढीमा चुनावी सभा गर्दै छ । गठबन्धनले गर्न लागेको उक्त चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका छन् ।

सुदूरपश्चिमको धनगढीस्थित रंगशालामा आज विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका देउवा र प्रचण्ड लगायत गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।

उक्त सभालाई सम्बोधन गर्न सभापति देउवा र अध्यक्ष प्रचण्ड हिजो आइतबार नै धनगढी पुगिसकेका छन् । यस्तै सभालाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सम्बोधन गर्ने भएका छन् ।

धनगढीमा गठबन्धन तर्फबाट काँग्रेस नेता नृपबहादुर वड मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार रहेका छन् । उनीहरुलाई जिताउनका लागि मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न लागेका हुन् ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनावी प्रचार-प्रसार र प्रतिबद्धता जनाउन देशभर विभिन्न कार्यक्रम जारी राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु