काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले आज स्थानीय तहको निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले आज आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो ।
जसपाको घोषणापत्रमा सबै पालिकाहरूमा बसपार्क बनाउने नीतिसहितको घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने बताएको छ । जसपाले सडकको गुणस्तर सुधार गर्ने र पालिकाहरूलाई केन्द्र र वडासँंग जोड्न सडक बनाउने बताएको छ ।
जसपाले आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपैयाँ अनुदान दिने घोषणापत्रमा उल्लेख गरेको छ । जसपाको घोषणापत्रमा पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख छ ।
जसपाको घोषणापत्रमा सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको २०० सम्मको खानेपानी निःशुल्क गरिने पनि उल्लेख गरेको छ । जसपाले घोषणापत्रमा आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गर्ने, माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गर्ने जनाएको छ ।
यस्तै शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ । जसपाले ६५ वर्षमाथिका जेष्ठ नागरिक र गर्भवतीलाई नगरमा सञ्चालन हुने एम्बुलेन्स लगायत यातायातका साधनमा भाडा निलिइने प्रतिबद्धता जनाएको छ ।
यस्तो छ जसपाको स्थानीय चुनावको घोषणापत्र (पूर्णपाठ)