१८ बैशाख २०८१, मंगलबार

कांग्रेस अहिले चारवटा भैँसी समातेर भिरतिर गइरहेको छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस चारवटा भैँसी समातेर भिरमा जान लागेको बताएका छन् ।

बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई यस्तो आरोप लगाएका हुन् । उनले कांग्रेसले जोखिमपूर्ण चुनावी तालमेल गरेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘भैँसी भिरतिर गयो भनेर जोगाउने प्रयास गर्नुपर्छ । तर, लड्नै लागिसकेपछि छोडिदिएन भने आफू पनि भैँसीसँगै लडेर समाप्त हुने जोखिम हुन्छ कांग्रेस अहिले चारवटा भैँसी समातेर भिरतिर गइरहेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !