दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा दाङको घोराही उपमहानगरपालिका मेयरको उम्मेदवारीको लागि सिफारिस भएका छन् ।
गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो । गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने एक नेताले जानकारी दिए ।