२० पुस २०८१, शनिबार

सोलुखुम्बु पुगेर देउवालाई ओलीको चेतावनी : चुनाव सार्ने षड्यन्त्र नगर्नुस्


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थनीय तहको निर्वाचन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।

नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली सोलुखुम्बू पुगेका ओलीले सत्ता गठबन्धन आज पनि चुनाव सार्नेबारे छलफल गरिरहेको आरोप समेत लगाए ।

स्थानीय तहको निर्वाचनको प्रचार गर्न चुनावी देश दौडाहाका क्रममा अध्यक्ष ओली प्रदेश नं १ को हिमाली जिल्ला सोलुखुम्बू पुगेर ओलीले गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको भन्दै कडा आपत्ति जनाएका हुन् । कर्णालीको हिमाली जिल्ला हुम्ला पुगेको भोलिपल्ट एमाले अध्यक्ष ओली आज सोलुखुम्बु पुगेका हुन् ।

ओलीले बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न नसक्ने टिप्पणी समेत गरेका छन् । ओलीले एमालेसँग डराएर सत्ता गठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उनले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेको समेत बताए ।

एमाले अध्यक्ष ओलीले कांग्रेस महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा कांग्रेसका सयौँ नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । स्थानीय चुनावको घोषणा भएलगत्तै एमाले अध्यक्ष ओली देशभरका विभिन्न जिल्लामा पुगेका छन् । हालसम्म उनले २७ भन्दा बढी जिल्लाको जनसभामा सहभागी भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !