६ जेष्ठ २०८१, आइतबार

धादिङमा कांग्रेसले ७ सिट र माओवादीले जम्मा ३ सिट पाउने


स्थानीय निर्वाचन

धादिङ । धादिङमा गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

जिल्लाका स्थानीय तहहरुमा तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको एक नेताले जानकारी दिए । एक नेताका अनुसार आइतबार सम्ममा नै स्थानीय तहको भागबण्डा पनि टुंग्याउने तयारी छ ।

धादिङका १३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तह पाउने प्रारम्भिक सहमति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !