२० जेष्ठ २०८१, आइतबार

प्रचण्ड, डा. भट्टराई र यादववीच भेटघाट


पुष्पकमल दाहाल फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भेटेका छन् ।

प्रचण्ड, भट्टराई र यादववीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजेतिर भेटघाट भएको हो । सत्ता गठबन्धनको चुनावी तालमेलमा माओवादीले निषेध गरेपछि सहज वातावरण बनाउने विषयमा तीन नेताबीच छलफल भएको बताएको छ ।

काँग्रेससँग सबै स्थानीय तहमा चुनावी तालमेल हुने स्थिति नभएमा जसपा र माओवादीले एक आपसमा सघाएर जाने वातावरण मिलाउने छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !