६ बैशाख २०८१, बिहिबार

एमाले र नेपाल परिवार दलबीच स्थानीय तह चुनावमा गठबन्धन गर्ने सहमति


काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र नेपाल परिवार दलबीच स्थानीय तह चुनावमा गठबन्धन गर्ने सहमति भएको छ ।

आज एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

सहमति अनुसार परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !