१२ बैशाख २०८१, बुधबार

कमल थापाकी छोरीले दिइन् केन्द्रीय सदस्य पदबाट राजीनामा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले केन्द्रिय सदस्यबाट राजीनामा दिएकि छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरीसमेत रहेकी रायमाझी गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

रायमाझीले राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको राजीनामा पत्रमा बताएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु