१५ बैशाख २०८१, शनिबार

मन्त्री पौडेल र क्यानडाका राजदूतवीच भेटघाट


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईवीच शिष्टचार भेटवार्ता भएको छ । राजदूत मकाईले मंगलबार मन्त्रालय पुगी मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइ दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरेका थिए । राजदूत मकाईले शिक्षा र प्राविधिक शिक्षा क्यानडाको पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा पनि शैक्षिक विकासमा सहयोग गर्ने आश्वासन दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !