६ मंसिर २०८१, बिहीबार

स्थानीय निर्वाचन : एमालेबाट अध्यक्ष पदका लागि नौजना सिफारिस


एमाले

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षका लागि नौ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ ।

त्यस्तैगरी उपाध्यक्षका लागि पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको एक नेताके जानकारी दिए ।

एक नेताका अनुसार अध्यक्षका लागि झम्क नेपाल, शिवहरि सापकोटा, चन्द्र थिङ, डबले लामा, डालबहादुर सापकोटा, बाबुराम लामा, विष्णुमणि आचार्य, शशीनाथ आचार्य र खिलबहादुर गिरीको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

त्यस्तैगरी उपाध्यक्षका लागि मनकुमारी तामाङ, सरस्वती अधिकारी, शोभाना तामाङ, लालकुमारी अधिकारी, राधा सापकोटा र राधिका तिमल्सिनाको नाम सिफारिस भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !