११ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा सदस्य दाहालले लिए शपथ


नारायणप्रसाद दाहाल

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । दाहाललाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सिंहदरबारमा शपथ गराएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई संघीय संसद्को लोगो समेत प्रदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !