१४ बैशाख २०८१, शुक्रबार

जसपा लोकतान्त्रिकका केन्द्रीय सदस्यसहित ५०० जना राप्रपामा प्रवेश


काठमाडौं । जसपा लोकतान्त्रिकका केन्द्रीय सदस्य महाप्रसाद यादव लगायत नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत यादव लगायत नेपाली काङ्ग्रेस,एमाले, मावोवादीबाट ५०० भन्दा धेरै राप्रपा प्रवेश गरेको जानकारी गराएका छन्।

उनले लेखेका छन्, “आज बाराको कलैयामा राप्रपाद्वारा आयोजित भव्य सभामा सहभागी हुन पाउँदा असाध्यै खुसी लागेको छ । जसपा लोकतान्त्रिकका केन्द्रीय सदस्य महाप्रसाद यादव लगायत नेका ,एमाले, मावोवादीबाट ५०० भन्दा धेरैलाई राप्रपामा स्वागत गर्न पाउँदा हामी हर्षित छौ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !