११ पुस २०८१, बिहीबार

विवेकशीलका असन्तुष्ट समूहले काठमाडौंमा अर्कै उम्मेदवार घोषणा गर्ने


विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उमेदवार घोषणा गरेसँगै थप विवाद बढेको छ । अध्यक्ष मिश्रले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाएसँगै विवाद बढेको हो ।

पार्टीभित्रका असन्तुष्ट समूहले स्थानीय तहको निर्वाचनमा अर्को उमेदवार घोषणाको तयारी गरेका छन् । बहुमत सदस्यले निर्वाचनमा अर्को उमेदवार घोषणाको तयारी गरेको एक नेताले जानकारी दिए ।

पार्टीमा आफूहरुको बहुमत रहेको दाबी गर्दै अल्पमतमा रहेका मिश्रले उमेदवार सिफारिस गर्न नपाउने बताएका छन् । मिश्रलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको एक केन्द्रिय सदस्यले जानकारी दिए । जम्मा १६३ केन्द्रीय सदस्य रहेकोमा ९६ जनाको सहमतिसहित कारवाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !