१३ बैशाख २०८१, बिहिबार

तस्वीरमा हेर्नुहोस् काठमाडौंको खुलामञ्चमा राप्रपाले गरेको शक्ति प्रदर्शन


राप्रपाको शक्ति प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गरेको बेला राप्रपाले खुलामञ्चमा बृहत आमसभा गरेर प्रदर्शन गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत नेताहरुले सम्बोधन गर्दै छन् ।

गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए । लिङ्देन अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।

यसअघि काठमाडौं उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको आज राजधनी काठमाडौंमा बृहत आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाएको हो । पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गरेको हो ।

लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ति दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठ दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले आक्रामक ढंगबाट सभा गरिरहेको र पार्टी प्रवेश गराउने कामलाई तीव्रता दिइएको श्रेष्ठले बताएका छन् । राप्रपा महाधिवेशनमा पराजित भएका थापाले भने राप्रपा नेपाल पार्टी गठन गरेका छन् ।

तस्वीरमा हेर्नुहोस् खुलामञ्चमा राप्रपाको शक्ति प्रदर्शन
राप्रपाको शक्ति प्रदर्शन राप्रपाको शक्ति प्रदर्शन राप्रपाको शक्ति प्रदर्शन राप्रपाको शक्ति प्रदर्शन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !