२ कार्तिक २०८१, शुक्रबार

नेपाल बारको अध्यक्षमा लोकतान्त्रिक समूहका घिमिरे निर्वाचित


गोपालकृष्ण घिमिरे

काठमाडौँ । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्षको उम्मेद्वार बनेका घिमिरेले विजयी भएका हुन् ।

२६औँ केन्द्रीय कार्यसमितिको चयनको लागि भएको निर्वाचनमा घिमिरेले उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहवाट अध्यक्षमा उम्मेद्वार बनेका विष्णुमणि अधिकारीलाई पराजित गरेका हुन् ।

नेपाल बार एशोसिएशन, २०७८ को एक निर्वाचन अधिृकतका अनुसार अध्यक्षमा निर्वाचित घिमिरेले ४ हजार ४७४ मत प्राप्त गरेका छन् भने पराजित अधिकारीले २ हजार ४८२ मत प्राप्त गरेका छन् ।

यस्तै घिमिरेले नेतृत्व गरेको समूहवाट महासचिवमा अञ्जिता खनाल ३ हजार ६८२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी केदारप्रसाद कोइराला २ हजार ९८९ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष भरतबहादुर राउतले ४ हजार ३६ मत र उनको प्रतिस्पर्धी जगतबहादुर कार्कीले २ हजार ८१८ मत प्राप्त गरेका छन् । नेपाल बारको निर्वाचनमा वरिष्ठ अधिवक्ता घिमिरे नेतृत्वको प्यानलै विजय भएको छ ।

मङ्गलबार बिहानदेखि शुरु भएको मतगणना आज शुक्रबार सकिएको हो । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता रहेकामध्ये ७ हजार ४२९ मत खसेको थियो ।

नेपाल बार एशोसिएशनको निर्वाचनको मत परिणाम
नेपाल बार एशोसिएशनको निर्वाचनको मत परिणाम नेपाल बार एशोसिएशनको निर्वाचनको मत परिणाम नेपाल बार एशोसिएशनको निर्वाचनको मत परिणाम नेपाल बार एशोसिएशनको निर्वाचनको मत परिणाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !