१३ बैशाख २०८१, बिहिबार

देउवाले बोलाए सत्ता गठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल हुने


सत्ता गठबन्धन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार विहान ११ः३० बजे चुनावी तालमेलबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको हो । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरु बैठकमा सहभागी हुनेछन् ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

आज बस्न लागेको बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराउने भएको छ ।

यसअघि चैत्र २२ गते मंगलबार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बसेको बैठकले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु