आचारसंहिता लागूअघि राजनीतिक नियुक्ति गर्न देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक Nepalpatraआचारसंहिता लागूअघि राजनीतिक नियुक्ति गर्न देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक
२८ श्रावण २०७९, शनिबार

आचारसंहिता लागू हुनुअघि राजनीतिक नियुक्ति गर्न देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सम्भवतः भोलि शुक्रबारदेखि स्थानीय निर्वाचनको आचारसंहिता लागू हुने भएकोले त्यसको एक दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

निर्वाचनको आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न नपाउने भएकोले प्रधानमन्त्री देउवाले विभिन्न निर्णय र नियुक्तिहरु गर्ने प्रवल सम्भावना रहेको छ ।

निर्वाचन आयोगको आज वा भोलि बस्न लागेको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्ने तयारी गरेको छ । आयोग निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको हो ।

मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर विभिन्न निर्णय र नियुक्तिहरु गर्ने भएको हो । आज बस्न लागेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु र व्यापक रुपमा राजनीतिक नियुक्तिहरुको निर्णय गर्नसक्ने प्रवल सम्भावना रहेको हो ।

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने प्रचलन रहेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि विभिन्न बन्देजहरु लागू हुने भएकाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले केहीदेखि निर्वाचन केन्द्रित देश दौडाहा अभियानमा लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !