६ जेष्ठ २०८१, आइतबार

संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छः देउवा


deuba

बागलुङ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताएका छन्।

नेपाल तरुण दल बाग्लुङको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गर्न शनिबार जिल्लाको तमानमा पुगेका देउवाले काँग्रेसको नेतृत्वमा जारी संविधान कार्यान्वयनका लागि काँग्रेसले नै नेतृत्व गर्ने बताएका हुन् । ‘नेपाली काँग्रेसको नेतृत्वमा हामीले संविधान जारी गर्न सफल भयौं,’ देउवाले भने, ‘अब कार्यान्वयन गर्न पन िकाँग्रेसले नै नेतृत्व लिन्छ ।’ संविधान कार्यान्वयनका लागि आन्दोलनरत मधेसी दलहरुसंग काँग्रेसले छलफल गरेर देशलाई निकास दिने सभापति देउवाको भनाई थियो ।

शनिबार हेलिकप्टरबाट तमान अवतरण गरेका देउवाले हतार—हतार छोटो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा देउवाले हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको भन्दै अब मुलुकको समृद्धिको नेतृत्व पनि काँग्रेसले गर्ने दाबी गरे । ‘काँग्रेसले हरेक परिवर्तनका अगुवाई गरेको छ र अब नेपालको विकास र समृद्धिको नेतृत्व काँग्रेसले नै गर्छ,’ देउवाले भने, त्यसका लागि पार्टीका साथी गाउँ तहबाटै पार्टीलाई बलियो बनाउन लाग्नोस् ।’ काँग्रेस सरकारको पालामा भूकम्प पीडिताका लागि संलकन भएको रकम अहिलेको सरकारले मनपरी ढङ्गले खर्च गरेको देउवाको आरोप थियो ।

‘काँग्रेस नेतृत्वका सरकारले भूकम्प पीडितका लागि ठूलो रकम संकलन गर्न सफल भएको थियो,’ देउवाले भने, ‘अहिलेको सरकारले त्यसलाई वास्तविक पीडितसम्म नपु¥याई मनपरी ढङ्गले बाँडेको छ ।’ काँग्रेस केन्द्रीय नेताहरु बालकृष्ण खाँड, गुरुराज घिमीरे नेतृत्वमा मुलुकको विकास हुने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु